

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । मंगलबार राति ९:१५ बजे जाजरकोटको पइन्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पकाे तिव्रता ४ म्याग्निच्युडको रहेकाे थियाे ।
जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता निरन्तर पराकम्प गइरहेकाे छ ।
पहिलाे भूकम्पमा परी १५४ जनाको ज्यान गएको छ भने अन्य ३६४ जना घाइते भएका छन् ।