रास्वपा फेरि घरदैलो अभियानमा, सबै सांसददेखि नेता खटिने-Sutra News

रास्वपा फेरि घरदैलो अभियानमा, सबै सांसददेखि नेता खटिने

शनिबार, २ मंसिर २०८०

शनिबार, २ मंसिर २०८०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ ।



रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीन दिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए ।

अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव संकलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उनले भने । यही मंसिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछन् । उनले भने, “एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट