रुकुम पूर्व केन्द्रबिन्दु बनाएर अर्को भूकम्प-Sutra News

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर अर्को भूकम्प

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

काठमाडौं । रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर आइतबार भूकम्प गएको छ ।



आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट र रुकुम पश्चिमलाई केन्द्र बनाएर पराकम्पहरु गइरहेको बेला यो नयाँ भूकम्प गएको हो ।

कात्तिक १७ मा गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम केन्द्रबिन्दु बनाएर लगातार पराकम्पहरु गइरहेका छन् । कात्तिक २८ मा मात्रै जाजरकोट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको पराकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट