काठमाडौं । विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् ।
मंगलबार पर्साको पोखरियामा एक कार्यक्रमको आयोजना गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा भित्र्याएका हुन् ।
एमाले भित्रिएका रौनियार विवादित पप्पु कन्ट्रक्सनका मालिक पनि हुन् । रौनियारको कन्ट्रक्सनले थुप्रै विकास निर्माणका आयोजनालाई अलपत्र बनाएको छ ।
वि.सं. २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियार कन्स्ट्रक्सनका कारण सांसद पदबाट निलम्बित भएका थिए।