काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बिहान ११ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बाेलाइएकाे बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध मंसिर ७ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ ।
साेही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाइँकाे नेतृत्वमा पनि राजसंस्था पक्षधरहरुले पनि प्रदर्शन गर्दैछन् । जुन प्रदर्शन केही फरक खालकाे हुने अनुमान गरिएकाे छ ।
साथै, एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकमा उक्त अभियानबारे पनि छलफल हुनेछ ।