काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहका प्रदर्शनकारीबिच झडप भएको छ ।
प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
अश्रुग्यास प्रहारपछि भागभाग भएका छ । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक खाली जस्तै बनेको छ ।