काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँको नागरिक बचाउ अभियानले आयोजना गरेको जनप्रदर्शनमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । शाही बल्खुको प्रदर्शनमा सहभागि बनेका हुन् ।
राजसंस्थाको पुनस्र्थापनासहित विभिन्न एजेण्डामा प्रसाइँले गरेको जनप्रदर्शनलाई लिएर राप्रपा विभाजित छ । वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु समर्थन गर्नुपर्ने पक्षमा उभिँदा अध्यक्ष राजेन्द्र लिङ्देन मौन छन् ।
लिङ्देनले मंसिर ९ मा झापामा बेग्लै कार्यक्रमको तयारी गरिरहेका छन् । उनी प्रसाइँको पक्षमा देखिएका छैनन् । यस्तोमा राप्रपाका कार्यकर्ता पनि विभाजित बनेका छन् ।