दुर्गा प्रसाइँलाई धरानका मेयर हर्क साम्पाङ्गको साथ !-Sutra News

दुर्गा प्रसाइँलाई धरानका मेयर हर्क साम्पाङ्गको साथ !

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं । व्यवस्था बदल्ने भन्दै संघीय राजधानी काठमाडौं केन्द्रीत प्रदर्शनमा जुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई धरानका मेयर हर्क साम्पाङ्गले पनि साथ दिने बताएका छन् । बेथितिविरुद्धको अभियानमा आफूँ पनि रहेको भन्दै उनले प्रसाइँको अभियानलाई सघाउने बताएका हुन् ।



शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङ्गले प्रसाइँको पक्षमा बोल्दै भनेका छन्, “बेथितिविरुद्ध र प्रत्यक्ष कार्यकारी चुन्ने प्रणालीको पक्षमा हो भने प्रसाइँलाई मेरो नि साथ छ ।”

तर, उनले राजसंस्थाको पक्षमा भने आफू नरहेको बताएका छन् । मेयर साम्पाङ्गले राजसंस्थाको एजेण्डा छाड्न पनि प्रसाइँलाई आग्रह गरेका छन् । “राजाको कुरा चाहिँ नगर्नु के दाजै !”, उनले आग्रहपूर्ण शैलीमा लेखेका छन् ।

‘नागरिक बचाउ महाअभियान’को नाममा प्रसाइँ काठमाडौं केन्द्रीत प्रदर्शनमा छन् । प्रसाइँको अभियानले राजसंस्थासहित विभिन्न बेथितिविरुद्ध एजेण्डा बनाएको छ । जसप्रति अन्यबाट सहानुभूति प्रकट भइरहँदा साम्पाङ्ग पनि बोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट