रास्वपाको बैठक महोत्तरीमा बस्ने, यी एजेण्डामाथि छलफल हुँदै-Sutra News

रास्वपाको बैठक महोत्तरीमा बस्ने, यी एजेण्डामाथि छलफल हुँदै

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरी बस्ने भएको छ ।



पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालका अनुसार आगामी ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल हुने प्रवक्ता ढकालले जानकारी दिए ।

बैठकमा प्रदेश सभापतिहरूसमेत सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट