काठमाडौं । ताप्लेजुङमा पहिचानवादी समूहले नेकपा एमालेका सचिव योगेश भट्टराईविरुद्ध कालो झण्डा देखाएका छन् ।
एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका सचिव भट्टराईलाई उनकै निवासअगाडि कालो झण्डा देखाउँदै नाराबाजी गरेको हो ।
प्रदर्शनमा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ता हात हालाहाल भएको थियो । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।
पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनु पर्ने, किराँत राज्य हुनु पर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।