काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश गरी ४२ प्रतिशत वितरण गर्ने भएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको यही शुक्रबार काठमाडौंमा सम्पन्न साधरणसभाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट २० प्रतिशत बोनस शेयर तथा २२ दशमलव १ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थाका संस्थापक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी र अध्यक्ष राजेन्द्र बहादुर सिँहद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा नर्भिक हस्पिटलले गत आर्थिक वर्षमा गरेको आय र व्ययको विवरणसमेत सार्वजनिक गरिएको थियो ।
नर्भिक हस्पिटलले गत एक वर्षको अवधिमा १९० करोड रुपैयाँ आम्दानी गरेको छ भने खुद् मुनाफा १२ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सीईओ अजयकुमार मिश्रले जानकारी दिए ।