दुई लाख भ्रष्टाचार गरेको आरोपमा दुई अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर-Sutra News

दुई लाख भ्रष्टाचार गरेको आरोपमा दुई अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकामा कालोपत्रे सडक निर्माण कार्यमा वास्तविकभन्दा बढी नापी किताबमा चढाएर भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इञ्जिनियर देवेन्द्र नारायण चौधरी र सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै, अख्तियारले वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनिल कुमार चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साथै, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ ।

उनीहरूले झुट्टा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट