काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिलाई पूर्णता दिएका छन् । कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा सभापति देउवाले लेखा समितिलाई पूर्णता दिएका हुन् ।
समितिमा सभापति देउवालाई चार जना थप गर्दै पूर्णता दिएका हुन् । पार्टी विधानको धारा ३८(१) र २०७९ को केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति देउवाले चार जना सदस्य थपेका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार थपिएका सदस्यहरूमा दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) रहेका छन् ।
यसअघि सभापति देउवालाई पार्टी केन्द्रीय समितिले सदस्य मनोनयनको जिम्मेवारी दिएको थियो ।