काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अोली सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सत्य निरुपणसम्बन्धी मुद्दा र राजसंस्था पक्षधरको आन्दोलनको विषयमा पनि छलफल भएको बुझिएको छ । साथै, प्रधानमन्त्रीको दुबई भ्रमणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।
नवनिर्मित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रचण्ड र ओलीबीच भएको यो पहिलो भेट हो ।