काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्सको (दुबई) प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक सिंहदरबारमा जारी छ ।
मंगलबार बस्नु पर्ने नियमित बैठक बुधबार बिहान बसेको हो । प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधि मण्डलसहित दुबई प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे नौ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई प्रस्थान गर्ने कार्यक्रम छ ।