राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकियो-Sutra News

राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकियो

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।



बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो ।

यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी, गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट