काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।
सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बस्ने तयारी गरेको पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताबारे पनि छलफल हुने जनाइएको छ ।