काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लामो समयदेखि नै सार्वजनिक कार्यक्रममा छैनन् । पार्टीका निश्चित बैठक बाहेकमा उनको उपस्थिति देखिन्न ।
एमालेले गर्ने सार्वजनिक कार्यक्रममा त उनको उपस्थिति लामो समयदेखि नै देखिने गरेको छैन । तर, बिहीबारदेखि एमालेले सुरु गरेको ‘झुलाघाट–भिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्रा’मा उनी सहभागि भएका छन् ।
बैतडीको झुलाघाटबाट उद्घाटन कार्यक्रममा बादलको उपस्थिति देखिन्छ ।
झुलाघाटबाट उद्घाटन भएको कार्यक्रममा पार्टीका करिब सबैजसो पदाधिकारीलाई सहभागि गराउँदा बादल पनि उपस्थित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि नै बादल करिब गुप्तबासमा छन् । उक्त प्रकरणमा उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परेका छन् भने उनका पुत्र प्रतिक थापा हालसम्म पनि फरार छन् ।
जुन प्रकरणमा उनी स्वयंकाे नामसमेत मुछिएको छ । जुन घटनापछि उनी सार्वजनिक कार्यक्रममा देखिन्नन् ।