भक्तपुरमा फेरि प्रसाइँ समूहको प्रदर्शन, ऋण मिनाहाको एजेण्डामा आन्दोलन गर्ने घोषणा-Sutra News

भक्तपुरमा फेरि प्रसाइँ समूहको प्रदर्शन, ऋण मिनाहाको एजेण्डामा आन्दोलन गर्ने घोषणा

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानको नाममा सुरु गरेको आन्दोलन फेरि उठ्ने बताएका छन् । शुक्रबार भुक्तपुरमा एक सभाको आयोजना गर्दै उनले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका हुन् ।



गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ छ । मंसिर ७ गते काठमाडौंबाट शुरू भएको आन्दोलन अब गाउँगाउँबाट उठ्ने उनले बताए ।

‘“कतिपयले प्रसाईंको आन्दोलन तुहियो भने, आज भक्तपुरको यो सभा म्यासेज हो, गाउँ–गाउँबाट आन्दोलन उठ्छ, यो रोकिँदैन”, प्रसाइँले भनेका छन् ।

आफूमाथि राज्यले हदै दमन गरिरहेको भन्दै उनले अन्याय नसहने बताए ।

“मैले ५ हजार करोडको सम्पत्ति धितो राखेर ऋण लिएको हो, कलेज चलाउन नदिँदा पनि मैले ऋण तिरिरहेको छु, मेरो अभियान गरिबलाई ऋणमुक्त गराउने हो”, उनले भनेका छन् ।

गत मंसिर ७ मा काठमाडौंको बल्खुमा उत्साहजनक सहभागितामा प्रदर्शन गरेको प्रसाइँ समूहले त्यसयता भने गतिलो प्रदर्शन गर्न सकेको छैन । योबीचमा थुप्रै समूहका कार्यकर्ता पक्राउ पर्दा आन्दोलन मथ्थर भएको विश्लेषण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट