मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक-Sutra News

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।



गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट