कोशीमा तीन मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?-Sutra News

कोशीमा तीन मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्य विभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन् ।



कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँकी मन्त्रालयहरू मुख्यमन्त्री कार्की आफैले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट