विप्लवको पक्राउ पुर्जीविरुद्ध नेकपाको आन्दोलन घोषणा-Sutra News

विप्लवको पक्राउ पुर्जीविरुद्ध नेकपाको आन्दोलन घोषणा

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आन्दोलनको घोषणा गरेको हो ।



काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेको थियो ।

विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले तीन ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको जनाएको छ ।

‘सरकारसँग गरिएको तीन बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार १९ गते साँझ मसाल जुलुस, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट