अमरेशले प्रश्न उठाएपछि प्रधानमन्त्री सचिवालयले जनायाे आपत्ति, भन्याे– अराजनीतिक बार्गेनिङ-Sutra News

अमरेशले प्रश्न उठाएपछि प्रधानमन्त्री सचिवालयले जनायाे आपत्ति, भन्याे– अराजनीतिक बार्गेनिङ

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै आएको बताएको छ । सिंहले प्रधानमन्त्री पुत्री गंगा दाहालमाथि सिंहले प्रश्न उठाएपछि आइतबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले यस्ताे बताएकाे हाे ।



सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको आरोप सचिवालयकाे छ ।

‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन् । उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ’, सचिवालयले भनेको छ ।

सांसद सिंहले आइतबार बिहान फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण आफूसँग सुरक्षित रहेको बताउँदै सार्वजनिक गरिदिने चेतावनी दिएका थिए । प्रचण्डको सचिवालयले भने सांसद सिंहले लगाएको आरोप निन्दनीय रहेको भन्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको ध्यानाकर्षण गराएको छ । सिंहको गतिविधि कानुनी राज्यमाथि नै चुनौती दिने प्रतिकृति भएको टिप्पणी गरेको छ ।

‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णत: झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ सचिवालयले भनेको छ ।

प्रधानमन्त्रीको २८ मा भाग लिन दूबईमा रहेको बेला गरिएको किनबेचको प्रपञ्चलाई अहिले छानिबन र कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि सचिवालय स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट