काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘मिसन २०८०’ सार्वजनिक गर्ने बताएका छन् ।
शनिबार रास्वपा काठमाडौं ९ ले नैकापमा आयोजना गरेको सभामा लामिछानेले रास्वपाको ‘मिसन २०८४’मा दलहरुको आँखा लागेकाले चाडै मिसन ०८० सार्वजनिक गर्ने बताएका हुन् । उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथि अन्त्य गर्न सक्ने दाबी गरे ।
यस्तै, उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आँट गर्न नसकेको जिकीर गरे । ठूला भनिएका दलहरूले मदन-बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।
सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउँदै ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखेका थिए ।