‘चुनावको होइन, देशको चिन्ता गरौँ’-Sutra News

‘चुनावको होइन, देशको चिन्ता गरौँ’

शनिबार, ३० मंसिर २०८०

शनिबार, ३० मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नु पर्ने बताएका छन् ।



कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनु पर्ने आजको आवश्यता रहेको औँल्याए ।

‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?,’ महामन्त्री शर्माले भने, ‘२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।’

उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । उनले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको दाबी गरे ।

‘देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन,’ उनले भने, ‘अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।’

उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट