काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पाँचथर सदरमुकाम फिदिमबाट नेपाल–भारत सीमा चिवाभञ्ज्याङ पुगेका छन् ।
बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनपछि चिवाभञ्ज्याङ पुगेको हो ।
चिवाभञ्ज्याङकाे कार्यक्रममा सहभागी हुन ओली हेलिकप्टरबाट गएका थिए । पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओलीको टोलीले हेलिकोप्टर प्रयोग गरेको हो ।
बताइएअनुसार अध्यक्ष ओलीसहित सबैजसो शीर्ष नेताहरू हेलिकोप्टरबाटै चिवाभन्ज्याङ गएका छन् । नेताहरूलाई खेपअनुसार चिवाभन्ज्याङ लगिएकाे जनाइएकाे छ ।
संकल्पयात्राभरी ओलीसहित नेताहरुले गाडी प्रयोग गरेपनि अन्तिम दिन हेलिकोप्टरमा उडेका हुन् । बताइअनुसार नेताहरु आजै काठमाडौं फर्किनेछन् ।