एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा-Sutra News

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।



यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।

पाण्डेले जनाएअनुसार सोमबारको सचिवालय बैठकमा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने उनले बताए ।

साथै, बैठकले पछिल्लाे राजनीतिक अवस्थाबारे पनि धारणा स्पष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट