नेकपा एसको सचिवालय बैठक सुरु-Sutra News

नेकपा एसको सचिवालय बैठक सुरु

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।



सोमबारको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठक भोलिसम्म चल्ने छ ।

गएको मंगिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरूको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्ने गरी सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट