सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण-Sutra News

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण गरेका छन् ।



सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडक खण्डका बारेमा जानकारी लिएका हुन् । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन, यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन, यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनु पर्छ ।’

गिटी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो, समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ, दिनहुँ जनताले समस्या भोग्नु पर्ने समस्या अन्त्य हुनपर्छ ।’

परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नु पर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ थियो ।

अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनु पर्छ, यसका लागि गम्भीर गृहकार्य गरौँ, यो काम गर्ने अन्तिम अवसर हो, सबैले एकपटक सदुपयोग गरौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट