काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुन पहिलो साता हुने भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले विधान सम्मेलनको मिति तय गरेको हो ।
यसका लागि विधान मस्यौदा समिति गठन भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार विधान मस्यौदा समितिमा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की छन् ।