धनु र मीनको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

धनु र मीनको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

आज मिति २०८० साल माघ ३ गते बुधबार । तदनुसार जनवरी १७ तारिख २०२४ । पुष शुक्ल पक्ष सप्तमी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ३२ मिनेटमा अस्ताउने छ ।



मेष

कामको मेसो नमिल्दा पछि परिने छ । अरूका लागि बुद्धि खर्चनु पर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नु होला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नु पर्ला ।

वृष

अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउने छ ।

मिथुन

समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिने छ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला । विगतका कमजोरीमा क्रमशस् सुधार आउने छ ।

कर्कट

केही चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउने छ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्ने छन् भने कर्मयोगले भविष्यको बाटो समाउने छ । मिहिनेतले काममा सफलता दिलाउने छ ।

सिंह

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला ।

कन्या

अरूको फाइदाका लागि उपयोग भइने छ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहने छ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला ।

तुला

पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिने छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुने छन् भने प्रतिस्पर्धीहरू पछि हट्ने छन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिने छ ।

वृश्चिक

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्ने छ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ ।

धनु

पहिलेको सफलताले हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले मानसम्मान दिलाउने छ ।

मकर

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नु पर्ला । आवश्यकताका वस्तु जुटाउन ऋण–कर्जा लिनु पर्ने हुन सक्छ । उधारोमा व्यापार हुनेछ ।

कुम्भ

प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ ।

मीन

मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्ने छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्ने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट