कारागारमा बम्जनको राजसी ठाँट: खाना पकाउन सहयोगी नियुक्त, सुत्न छुट्टै कोठा माग-Sutra News

कारागारमा बम्जनको राजसी ठाँट: खाना पकाउन सहयोगी नियुक्त, सुत्न छुट्टै कोठा माग

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडाैं । जिल्ला अदालत सर्लाहीले नाबालिगमाथी जबर्जस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा कथित तपस्वी रामबहादुर बम्जनलाई महोत्तरीको जलेश्वर कारागार चलान गरेको छ । क्षमताभन्दा दुई गुणा कैदी बन्दी रहेको जलेश्वर कारागारमा पुगेको दिन नै छुट्टै सुत्ने खाट र कोठा माग गरेका बम्जनलाई सामुहिक रूपमै राखिएपनी तिनतले कारागार भवनको तेस्रो तलामा ७ जना नाइकेसँगै कारागारमा उपलब्ध सबैभन्दा सुविधासम्पन्न कोठामा राखिएको जलेश्वर कारागारले जनाएको छ ।

कारागार चलान भएको दुई दिनसम्म कारागार भित्रकै मन्दिर परिसरमा ध्यान गरेको नौटंकी गरेका कथित तपस्वी बम्जन त्यसपछि भने कोठामै टिभी हेरेर नै दिन कटाउने गरेको कारागार प्रशासनले जानकारी दिएको छ । क्षमताभन्दा बढी कैदी बन्दी रहेको जलेश्वर कारागारमा सुत्ने ठाउँ अभावका कारण त्रिपाल टाँगेर कैदी तथा थुनुवा बसिरहेको समयमा बम्जनको छुट्टै कोठा पाउनुपर्ने माग पुरा गर्न नसकिएको कारागार प्रशासनले जानकारी दिएको छ ।

कारागारका अन्य कैदी बन्दीलाई बनाएको संयुक्त भान्साको खाना नखाने भन्दै लसुन, प्याजसमेत नराखेको शुद्ध साकाहारी खाना माग गरेपछि उनको माग बमोजिम नै कारागार प्रशासनले कारागारमै रहेका साधु-सन्तहरूसँग खाना खुवाउने व्यवस्था गरेको भएपनि आइतबारदेखी भने बम्जनकै अनुरोधमा लागुऔषध मुद्दामा कारागार चलान भएका नरविर लामालाई उनको सहयोगी नियुक्त गरेको छ । बम्जनको लागि साकाहारी खाना बनाउने, अन्य काममा सघाउने तथा बम्जनले अर्‍हाएको काम गर्नेगरी लामालाई सहयोगी नियुक्त गरिएको कारागार प्रशासनले पुष्टि गरेको छ ।

कारागार चलान भएको केही दिनसम्म बम्जनका अनुयायी भन्दै भेट्न जानेको कारागारमा लर्को रहेको भएपनि अहिले भने उनलाई भेट्न जानेको संख्या पातलिंदै गएको र सोमबार बम्जनले श्रीमतीसँगै कारागारमा उनलाई भेट्न पुगेका मानवअधिकारकर्मी र उनका कानुन व्यवसायीसँग भेटघाट गरेको जनाएको छ । कारागार परिसर भित्रकै मन्दिर परिसरमा प्रत्येक दिन कैदी बन्दी तथा साधुसन्तले भजनकिर्तन गर्ने गरेको भएपनि बम्जन यस्तो किर्तनमा सहभागी नभएको कारागार प्रशासनको भनाइ छ ।

कारागारमै पुस्तकालय समेत रहेको भएपनी कारागार चलान भएको दिनदेखि आजसम्म पुस्तकालयमा प्रवेश नै नगरेको तथा कारागारमै रहेका अन्य कैदी बन्दीसँग समेत खासै बोलचाल नगर्ने र आफू बस्ने कोठामै राखिएको टेलिभिजन हेरेर दिन कटाइरहेको कारागार प्रशासनले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट