आज मिति २०८० साल माघ १० गते बुधबार । तदनुसार जनवरी २४ तारिख २०२४ । पुष शुक्ल पक्ष चर्तुदशी तिथि । बिहान ६ बजेर ५४ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ३७ मिनेटमा अस्ताउने छ ।
मेष
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड पनि जिताउन सक्छ।
वृष
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।
मिथुन
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
कर्कट
आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।
सिंह
खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।
कन्या
काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला
भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
वृश्चिक
नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ।
धनु
अतिथिका रूपमा सत्कार पाइनेछ। दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। परिस्थितिवश व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले लाभ उठाउन सक्छन्।
कुम्भ
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
मीन
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।