काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर दुई हजार ११९.६१ को बिन्दुमा कायम भएको हो ।
आज ३०८ कम्पनीको एक करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिद बिक्री भएको थियो । जसबाट पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ बराबरको कारोबार भएको छ ।
कारोबार हुँदा बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको ७५ करोड २७ लाख ८६ हजार ९१८ बराबरको १० लाख ७० हजार १७२ कित्ता शेयर किनबेच भएको छ ।