काठमाडौं । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी ३६ जनाको मृत्यु भएको छ । घटनामा ४१ जना घाइते भएको जनाएको छ ।
मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । वर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो ।
यसैगरी, दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो । भारी वर्षाले ४६९ घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।