काठमाडौं । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिक के होला भन्ने अन्योल बढेको छ । अंकगणितीय हिसाबले जटिल देखिएको कारण गण्डकीको सत्ताबारे अन्योलता बढेको हो ।
सत्ता समीकरण परिवर्तनसँगै अल्पमतमा पुगेका कांग्रेसका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुअघि बुधबार पदबाट राजीनामा दिएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग २७ सांसद छन् । कांग्रेसलाई बहुमत सिद्ध गर्न थप ४ सांसदको मत चाहिन्छ ।
तर, कांग्रेसले निकट देखेको राप्रपासँग २ मत मात्रै छ । स्वतन्त्र हुँदै एकीकृत समाजवादी बनेका दीपक …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed