अन्योलमा कोशीको राजनीति : मध्यावधि कि नयाँ सरकार ?

काठमाडौं । सरकार गठनको अन्तिमको विकल्पको रुपमा हेरिएको संविधानको धारा १६८ (५)अनुसारको केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेसँगै कोशीको सत्ता राजनीतिमा अन्योलता छाएको छ । कोशीमा नयाँ सरकार गठन हुन्छ वा मध्यावधीतर्फ जान्छ भन्ने प्रश्न संवैधानिक र राजनीतिकरुपमा उब्जिएको छ ।
केदार कार्की नेतृत्वको सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिँदै समर्थन फिर्ता लिएका छन् । गत २७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो । तर, सरकारबाट बाहिरिएपनि समर्थन फिर्ता भने लिएको थिएन । सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि कोशी प्रदेश सरकारलाई …