जेठका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?-Sutra News

जेठका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार वैशाखको तुलनामा ब्याजदर घटाएका हुन् ।



जेठमा १९ वाणिज्य बैंकमध्ये नौ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने सात वटाले वैशाख महिनाकै ब्याजदरलाई कायम राखेका छन् । यस्तै, तीन वटा वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् ।

जेठ महिनाका लागि मुद्दती निक्षेपमा औसतमा ७.०६ प्रतिशत ब्याजदर कायम भएको छ ।

ब्याजदर घटाउने बैंकहरुमा नबिल, सिद्धार्थ, एभरेष्ट, सिटिजन्स, एनएमबी, एसबीआई, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् ।

जेठमा नबिल बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ ब्याजदर कायम गरेको छ । यस्तै, सिद्धार्थले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ५.७५ ब्याजदर कायम गरेको छ ।

ब्याजदर घटाएका एभरेष्ट र सिटिजन्सको जेठमा व्यक्तिगततर्फ क्रमशः ६.५ र ७ प्रतिशत कायम भएको छ भने संस्थागततर्फ क्रमशः ५.५ र ६ प्रतिशत कायम भएको छ ।

एनएमबीको व्यक्तिगततर्फ ७.८ र संस्थागततर्फ ६.८ प्रतिशत कायम भएको छ भने एसबीआईको व्यक्तिगततर्फ ६.३९ र संस्थागततर्फ ५.९ प्रतिशत कायम भएको छ । यसैगरी, प्राइमको व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ भने राष्ट्रिय वाणिज्यको व्यक्तिगततर्फ ६.४ र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर कायम भएको छ ।

यसैगरी, सानिमाले आगामी जेठमा व्यक्तिगततर्फ ६.९ प्रतिशत ब्याजदर दिनेछ भने संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर दिनेछ ।

स्ट्यान्डर्ड चार्टड, माछापुच्छ्रे, हिमालयन, एनआईएमबी, कुमारी, नेपाल र लक्ष्मी सनराइज बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई कायम राखेका छन् । जेठमा पनि स्ट्यान्डर्ड चार्टडको व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर रहनेछ । यसैगरी, माछापुच्छ्रेको व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर रहनेछ ।

यस्तै, हिमालयन बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ ७.५ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी एनआईएमबी र कुमारीले जेठमा व्यक्तिगततर्फ क्रमशः ७ र ७.२६ र संस्थागततर्फ ६ र ६.२६ प्रतिशत ब्याजदर दिनेछन् ।

नेपाल बैंक र लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ क्रमशः ६.७५ र ७ प्रतिशत ब्याजदर कायम गरेका छन् भने संस्थागततर्फ क्रमशः ४.७५ र ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

अधिकांशले ब्याजदर घटाउँदा ग्लोबल आईएमई बैंक, एनआइसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई बैंकले जेठका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र संस्थागत निक्षेपतर्फ ६.५ प्रतिशत ब्याजदर पुर्‍याएको छ । वैशाखमा व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर थियो ।

यसैगरी एनआईसी एसियाले पनि वैशाखको तुलनामा ब्याजदर बढाउँदै व्यक्तिगततर्फ ७.८ र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदर पुर्‍याएको छ । ब्याजदर बढाएको प्रभुको व्यक्तिगततर्फ ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट