रवि लामिछानेले भने- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको-Sutra News

रवि लामिछानेले भने- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा एक पटक बोल्न पाउनु पर्ने माग राखेका छन् ।



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखेर सदन अवरोध गर्दै आएको छ । कांग्रेसको अडानसँगै लामिछानेले पनि संसदमा बोल्न पाउनु पर्ने आफ्नो अडान राख्दै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभापतिसमेत रहेका उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘ एक पटक बोल्न पाउनु पर्‍यो, त्यत्ति हो मागेको, यति घिन लाग्दो, मिडिया ट्रायल ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन पटकपटक प्रयास गरेका छन् । तर, सहमति बन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट