गणतन्त्रवादीबाटै जोखिममा रहेको गणतन्त्र !

जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएका छौं । अहिले हामी १७ औं गणतन्त्र दिवस मनाउँदै छौं । गणतन्त्र दिवस संसारका सबै मुलुकमा मनाउने गरिँदैन । गणतन्त्र दिवस मनाउने देशहरूमा पनि गणतन्त्र दिवस मनाउनु पछाडिका उद्देश्यहरू पनि सबै देशमा समान छैनन् । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो …