काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाहपछि अस्ट्रेलियामा छिन् । गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग बिहे गरेपछि उनी अष्ट्रेलिया गएकी हुन् ।
अष्ट्रेलियामा विष्णुका विभिन्न व्यवसाय छन् । श्रीमानको व्यवसायमा पनि साथ दिइरहेकी एलिनाले उतै गीतहरू रेकड गराउँदै आइरहेकी छिन् । एलिनाले तीन दिनअघि मात्रै अष्ट्रेलियाको नेपमेलो स्टुडियोमा तीन वटा नयाँ गीत रेकर्ड गरेको भन्दै भिडियो हालेकी थिइन् ।
अष्ट्रेलिया रहेकी उनै गायिका एलिनाको यतिबेला सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ । जहाँ गायिका एलिनाले रुँदै बनाएको भिडियोले उनका फ्यानहरू तरङ्गित भएका छन् ।
साङ्गीतिक करिअर उत्कर्षमा रहेको बेला पतीसँग अस्ट्रेलिया भासिएकी एलिनाका पछिल्ला दुखी खालका पोस्टहरूले फ्यानहरू कौतुहलमा छन् । उनले भिडिओ इन्स्टाको रीलमा राखेकी छिन् । अनुहारमा राता ‘डामहरू’ देखाएर रोइरहेकी उनको पछिल्लो भिडियो सत्य हो वा भाइरल हुन रचिएको नाटक हो भन्दै फ्यानहरू सोधखोज गरिरहेका छन् ।
खासमा उनले अभिनय गरेर बनाएको भिडियो हुनसक्छ । अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिएको छ ।
भिडियो मा लेखेकी छिन्, ‘‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ । याद राख्नुहोस् ।’’
एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट छैन । कमेन्टमा कतिपयले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । यसअघि उनीहरुबीच ब्रेकअप भएको हल्ला थियो, जुन एलिनाले स्विकारेकी थिइनन् । पछि वैशाखमा बिहे भएको थियो ।