एलिना चौहान : आफै चर्चा खोज्ने, आफै राेइलो गर्ने-Sutra News

एलिना चौहान : आफै चर्चा खोज्ने, आफै राेइलो गर्ने

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । विवाहपछि श्रीमानसँगै अष्ट्रेलियामा रहँदै आएकी चर्चित गायिका एलिना चाैहानले मंगलबार एकाएक सामाजिक सञ्जालमार्फत एक फरक शैलीको भिडियो सार्वजनिक गरिन । भिडियाेले सबैकाे ध्यान तान्याे ।



सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनको अनुहार भरी चोटै चोट देखिन्छ । चोटै चोट देखाउँदै उनी रोएरहेकी देखिन्छिन् ।

भिडियोको चर्चा हुनुको कारण पनि उनको अनुहारमा देखिएका राता ‘डामहरू’ र पीडादायी रुवाई हो । ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारा नाम, थारा बङ्गला, थारा काम, तुम्ही रखो रे’ बोलको  गीतमा उनले भिडियो बनाएकी थिइन् ।

यो गीतको भावार्थ ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख’ भन्ने हुन्छ । त्यस माथि उनले क्याप्सनमा ‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ, याद राख्नुहोस्’ भनेर लेखेकी थिइन् ।

उनको अनुहारमा भएको दाग पनि मेकअपले बनाएको भनेर मान्न सकिन्छ । तर, यो सबै मानी रहँदा उनको क्याप्सनलाई उनका फ्यानहरुले नजर अन्दाज गर्न सकिरहेका थिएनन् ।

एक त चौहानको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिनुका साथै अर्को भिडियोमा पनि उनले ‘हेपाइ सहनका लागि कारण होइन प्रेम, राम्रो गीत’ भनेर लेखेकी थिइन् । चौहानले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट थिएन ।

हो यही कारण उनको भिडियो सत्य हो वा भाइरल हुन रचिएको नाटक हो भन्दै चौहानका फ्यानहरू सोधखोज गरिरहे । कतिपयले यसलाई नाटक मात्र होला भनेर सामान्य रूपमा पनि लिइरहेका थिए ।

चौहानको यो पोस्ट पछि धेरैले कतै भिडियो मार्फत आफ्नै जीवनतर्फ त उनले इसारा गरेकी हैनन् भनेर सोच्न पनि भ्याए । चौहानले अपलोड गरेका भिडियोका कमेन्ट सबैले उनलाई “के भयो ?” भनेरै सोधेका थिए ।

कतिपयले कमेन्टमा श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरे भने कतिपयले नबुझ्ने मान्छे परेपछि यस्तै हो भन्न भ्याए त कतिले मानवता नभएको मान्छेसँग विवाह गर्दा यस्तै दुःख पाइन्छ भनेर कमेन्ट गरे ।

श्रीमानसँग केही खटपट परेको त होइन भन्ने अड्कलबाजी सुरु भएपछि मिडियाहरुमा पनि भटाभट समाचार आउन थाले । यसपछि विभिन्न मिडियामा आएका समाचारमा कुनै सत्यता छैन भन्दै बल्ल चौहानले यस विषयमा मुख खोल्दै अर्को भिडियो बनाएर पोस्ट गरिन् ।

आफ्नो भिडियोलाई लिएर समाचार बनाइएको र सबैले अनुमान गरे जस्तो नराम्रो केही नभएको भन्दै चौहानले आफू सकुशल रहेको असन्तुष्टि प्रकट गरिन् । उनले आफूलाई मन परेको गीतमा एउटा कन्सेप्ट बनाएर भिडियो बनाएको भन्दै वास्तविकता नबुझीकन समाचार बनाइएको उनले गुनासो गदै उल्टै मिडियालाई प्रश्न थोपारिन् ।

सुरुमा चौहानलाई नै हेक्का नभएको हो जस्तो छ । आफू सेलिब्रेटी भएपछि मिडियाको ध्यान उनीमाथि भइरहेको हुन्छ भन्ने थाहा हुनुपर्ने हो । त्यसमाथि आफूले बनाएका भिडियो होस् या स्टाटसले केही अर्थ राख्छ भन्ने पनि थाहा हुनु पर्ने हो । तर, उनले भने जस्तो आफूले गरेको सबै सहि हो भन्ने भ्रम राखेको होकी भन्ने प्रस्ट देखिन्छ । अनि सबै आलोचना सुन्न नसकेपछि जता जे भने पनि हुन्छ भन्ने हो ? यो चाहिँ चौहानलाई प्रश्न रहयो ।

यसरी त चौहान आफै चर्चा खोज्ने र आफै रोइलो गर्ने भएन र ! किनकि विवाहअघि पनि उनले यस्ता क्रियाकलाप नगरेकी हैनन् । सुरुमा ब्रेकअप भएको समाचार सबैतिर फैलाउन आफै अघि सरिन् । त्यसपछि एक्कासि विवाहको खबर बाहिरियो, त्यो पनि उनैले मिडियालाई जानकारी गराउथिइन् ।

उनलाई त्यस समयमा के साँचै तपाईँहरूको विवाह हुन लागेको हो भन्दा चौहान हो भने पनि उनका श्रीमान् विष्णु सापकोटाले यो कुरा झूटो हो भनेका थिए । तर अन्ततः विवाह गरे ।

कन्ट्रोभर्सी आफैंमा परिपूरक झैं बन्दै गइरहेकी चौहानले जानेर वा नजानेर बारम्बार कन्ट्रोभर्सीमा परिरहने कि अझै चर्चामा आउनको लागि विभिन्न हर्कत गरेर प्रष्टीकरण दिइरहने हो सोच्नु पर्ने पो हो की !

सम्बन्धित समाचार

गायिका एलिना चौहानले रुदै भिडियो बनाएपछि…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट