कालिकोटमा मान्मामा प्रभु बैंकको ३०५औँ शाखा-Sutra News

कालिकोटमा मान्मामा प्रभु बैंकको ३०५औँ शाखा

आइतबार, २ असार २०८१

आइतबार, २ असार २०८१

कालिकोट । प्रभु बैंक लिमिटेडले कालिकोटको मान्मामा आफ्नो ३०५ औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ ।



मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।

साथै, यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ बैंकले विश्वास लिएको छ ।

बैंकले नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट