गायिका मधु क्षेत्री आफैले गाएको गीत ‘सोचे झै जिन्दगी रैनछ’ आफै भोग्दै-Sutra News

गायिका मधु क्षेत्री आफैले गाएको गीत ‘सोचे झै जिन्दगी रैनछ’ आफै भोग्दै

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । तीन वर्षअघि लोक गायिका मधु क्षेत्रीले गाएको चर्चित गीत ‘सोचेझैं जिन्दगी रैनछ’ निकै चर्चा भयो । नभन्दै यो गीत दुरुस्तै उनको लागि यतिबेला मिल्न गएको छ ।



अष्ट्रेलियामा बसोबास गर्ने भुटानी मूलका सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी थिइन् । यो उनको दोस्रो विवाह हो । पहिलो बिहे असफल भएपछि दोस्रो बिहे गरेकी मधुको पहिलो श्रीमानबाट एक छोरी छिन् ।

सुरेशसँग दोस्रो विवाह गरेपछि मधुले सांगीतिक क्षेत्र छाड्ने निर्णय गरिन् । उनी, श्रीमानसँगै अष्ट्रेलिया पुगिन् । यतिबेला उनी आफैले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ । किनभने अहिले उनको दोस्रो वैवाहिक जीवन संकटमा परेको छ ।

विवाहपछि गायिकाले संगीतसँग सम्बन्ध विच्छेद गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अष्ट्रेलिया गएकी थिइन् । सुरेश संगीतकर्मी भने होइनन् । मधुले त्यो समयमा दिएको अन्तर्वार्ता हेर्ने हो भने पनि उनी निकै खुशी देखिन्थिन् ।

त्यस समयमा आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी थिइन् । तर, उनले, गत वर्षको डिसेम्बर महिनामा आफ्नी छोरीलाई पनि अष्ट्रेलिया लिएर गएको केही समयमा उनीहरुको वैवाहिक जीवनमा खटपट आउन थालेको छ ।

एक अर्कामा उब्जिएको शंकाले उनीहरुको वैवाहिक जीवन नै संकटमा पारिदिएको छ । सामाजिक सञ्जालमा लाइभ आएर मधुले आफ्नो वैवाहिक जीवन र श्रीमानले गरेको व्यवहारबारे रुदै जानकारी दिएकी छन् ।

मधुले लाइभमा भनेकी छन्, ‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके, उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्, मलाई श्रीमानले बच्चा फाले फाल, मारे मार-जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु भनेका छन्, उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’

‘मैले सुरेश खड्कासँग बिहे गरेपछि कुनै पनि केटालाई नराम्रो म्यासेज गरेको र बोलेको प्रमाण लिएर आए हुन्छ, मेरो विगतको बारेमा सबै कुरा उसलाई भनेको थिएँ,’ उनले भनेकी छन्, ‘मलाई अष्ट्रेलिया आएको चार महिनामा बिचल्ली बनाएर छाडेको छ ।’ साथै, आफूलाई सुरेशले कहिले पनि इज्जत दिएर नराखेको उनको आरोप लगाएकी छन् ।

सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरुलाई बाहिर नल्याएको समेत मधुको भनाइ छ । आफ्नो पीडा सार्वजनिक गर्दै गर्दा सुरेशले भने आफूले टिकटक नचलाउने भन्दै आफूलाई म्यासेज नगर्न आग्रह गरेका छन् । मधुले एकतर्फी कुरा नसुन्न पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट