नजिकिँदै देउवा–ओली, सत्ता सहकार्य कति सम्भव ?

काठमाडौं । शनिबार पुष्पलाल जन्म शताब्दी समारोहको ब्यानरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित देशका अधिकांश शीर्ष कम्युनिष्ट नेता उपस्थित भए । आयोजक पुष्पलाल अध्ययन समाजले पनि पुष्पलाल र कम्युनिष्ट आन्दोलनबारे चर्चा परिचर्चा गर्न सबैजसो शीर्ष कम्युनिष्ट नेताहरूलाई बोलाएको थियो ।
अधिकांशजसो शीर्ष नेताहरु उपस्थित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । उनले आफू उपस्थित हुन नसक्ने जानकारी अन्तिम समय मात्रै आयोजकलाई गराएका थिए । ओलीले एमालेको तर्फबाट उपाध्यक्ष युवराज ज्ञवालीलाई अन्तिम समय कार्यक्रमका लागि पठाएका थिए ।
“उहाँ आउँछु भन्नुभयो, हामी सबैजसो लिडरलाई उपस्थित गराएर छलफल गर्न पाइयो भन्नेमा …