देउवालाई फकाउँदै प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का बिचमा भएको सहमतिलाई टुटाउन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय बनेका छन् । प्रचण्डले आफ्नो पार्टीसँगै अन्य दलका नेताहरूलाई पनि कांग्रेस–एमाले सहमति तोडाउन सक्रिय बनाएका छन् ।
प्रचण्डले विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाएर सहमतिलाई तोड्ने प्रयास बढाएका छन् । माओवादी केन्द्रका एक पदाधिकारीले नेताले बताएअनुसार संवैधानिक प्रक्रियाबाटै प्रधानमन्त्री बन्नको लागि देउवालाई प्रस्ताव गरिएको छ ।
“हाम्रो दल स्वभाविक सानो छ, ठूला दल नमिल्दा हामीले अवसर पाएको हो, यो लुकाउने विषय होइन”, ती पदाधिकारीले भने, “देउवालाई स्पष्टरुपमै संवैधानिक प्रक्रियाबाटै तपाइँ प्रधानमन्त्री …