आफूविरुद्ध केन्द्रीत बनाइएपछि रविले रोके मुकुलको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा पार्टी सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकाललाई प्रस्ताव पेस गर्न रोकेका छन् । महामन्त्री ढकालकै समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको पार्टी केन्द्रीय समिति बैठकमा सो प्रतिवेदलाई लिएर ढकालले तयार गरेको प्रस्ताव पेस गर्न रोकिएको हो ।
महामन्त्री ढकालका अनुसार मंगलबार बसेको सचिवालय बैठकले सो प्रस्ताव पेस गर्न अनुमति दिने निर्णय गरेको थियो, यद्यपि बुधवार बसेको केन्द्रीय समितिको बैठकमा सभापतिले रोकिदिए । “समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर, लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने …