खोलाले बगाउँदा एक जनाको निधन-Sutra News

खोलाले बगाउँदा एक जनाको निधन

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका १ मा खोलाले बगाउँदा एक वृद्धको निधन भएको हो ।



वीरेन्द्रनगर हुँदै बग्ने अरौँदी खोलाले बगाउँदा पुतलीबजार नगरपालिका १ बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको निधन भएको प्रहरीले जनाएको छ । शुक्रबार अरौँदीखोला तर्ने क्रममा उनलाई खोलाले बगाउँदा घाइते भएका थिए ।

घाइते वृद्धलाई आफ्नै छोराले उद्धार गरेर स्याङ्जा अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट