गम्भीर विवादमा उपसभामुख, सत्ता गठबन्धनलाई बन्नसक्छ अवसर

काठमाडौं । १७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएसँगै यतिखेर उपसभामुख इन्दिरा रानामगर गम्भीर विवादमा तानिएकी छिन् । पत्र बाहिरिएसँगै उनीमाथि कस्तो छानबिन होला र उनको पद के होला भन्ने प्रश्न उठेको छ ।
मगरले पार्टी र संसद सचिवालयसँग नजोडिएका व्यक्तिलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै दूतावासलाई पत्र पठाएकी थिइन् । सन् २०२३ को मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्युयोर्कमा आयोजित एनजिओ सिएसडब्लु ६७ फोरमको कार्यक्रममा आफूसँगै अन्य पाँच जना युवाहरूलाई भिसा दिलाउन उनले आग्रह गर्दै पत्र लेखेकी थिइन् ।
१४ फागुन (२६ फेब्रुअरी)मा अमेरिका दूतावासलाई मगरले आफ्नो लेटरप्याडमा …