७ बुँदे सहमति : ओली दुई वर्ष, देउवा डेढ वर्ष प्रधानमन्त्री

काठमाडौं । असार १७ को मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति सार्वजनिक गरेका हुन् ।
सहमति सार्वजनिक नहुँदा अन्य दलहरुले प्रश्न उठाएका थिए । कांग्रेस र एमालेभित्रैबाट सहमति सार्वजनिक हुनुपर्ने बताएका थिए ।
चौतर्फी प्रश्न र दबाब उठिरहेका बेला ओलीले संसद बैठकबाटै सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ७ बुँदे सहमतिमा विशेषगरी संविधान गरिने र सरकारको आलोपालो गरिने कुरा उल्लेख छ । संविधान संशोधनको सन्दर्भमा दलहरुले स्पष्ट विषय खुलाएका छैनन् तर, राजनीतिक स्थायित्व दिने गरी …